काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिन सरोकारवालाले जोड दिएका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आगामी आव २०८३/८४ को बजेटबारे आयोजना गरेको छलफलमा निर्यातकर्ता, वस्तुगत महासंघ र उद्योग वाणिज्य क्षेत्रसँगका प्रतिनिधिमूलक संघसंस्थाका प्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।

ad

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निर्यातकर्ताको भावना बजेटमा समेटेर देशको समग्र निर्यातमा नयाँ गति र दिशा दिन आवश्यक भएको बताए ।

वर्तमान व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यले निर्यातजन्य प्रवर्द्धनात्मक कार्यक्रम अझ प्रभावकारी बनाउन बजेट तर्जुमा अघिको तयारी स्वरूप कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन विकास समिति सदस्य निराजनबहादुर चलाउनेले निर्यात प्रवर्द्धनात्मक बजेट आकार र दायरा दुवै बढाउनुपर्ने बताए ।

निर्यातकर्ताले वास्तविक रूपमा भोगिरहेका समस्या समाधानमा आगामी बजेटमा प्राथमिकता दिन पहल गर्ने उनले बताए ।