
काठमाडौं । नेपाली काँग्रेस ले संविधान संशोधनका विषयमा पार्टीभित्रै छलफललाई व्यवस्थित बनाउन आन्तरिक कार्यदल गठन गरेको छ। संशोधनसम्बन्धी सुझाव संकलन र प्रारम्भिक मस्यौदा तयार गर्ने उद्देश्यसहित उक्त समिति निर्माण गरिएको हो।
कार्यदलको संयोजन जिम्मेवारी पार्टी उपसभापति तथा वरिष्ठ अधिवक्ता पुष्पा भुसाल लाई दिइएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठकले यस्तो समिति बनाउने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ भएको सन्दर्भमा अहिले पुनः प्रक्रिया अघि बढाइएको जनाइएको छ।
नवगठित कार्यदलले पार्टीभित्रका धारणा संकलन गर्नुका साथै बाह्य सरोकारवालासँग समेत परामर्श गर्दै संविधान संशोधनका सम्भावित क्षेत्रहरू पहिचान गर्नेछ। सोही आधारमा तयार गरिने प्रतिवेदन पार्टी नेतृत्वसमक्ष पेश गरिने र त्यसपछि नीतिगत निर्णयको प्रक्रिया अघि बढाइने काँग्रेसले जनाएको छ।










Facebook Comments