काठमाडौं । नेपाल कांग्रेसका सभापति थापाले राजीनामा दिनु कुनै ग्लानीको विषय नभएर जवाफदेहिताको विषय भएको पनि बताएका छन् ।

आज बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले आफूले आफ्नो कर्तव्य निर्वाह गरेको र केन्द्रीय पदाधिकारीहरूले राजीनामाको विषयमा फरक निर्णय गरेको बताए ।  उनले राजीनामा अस्वीकार गर्ने विषय आफ्नो अपेक्षाविपरीत भए पनि यसलाई स्वीकार गर्ने बताए । उनले भने, ‘आफूले राजीनामा दिएकाले आफ्नो कर्तव्य ठाने। तपाईंहरुले राजीनामा स्वीकृत गर्नु भएन। यो एउटा अध्याय समाप्त भयो। अब नयाँ प्रारम्भ हुन्छ।’

ad

प्रतिनिधिसभा निर्वाचनपछि सभापति थापाले पहिलो पटक बोलेका हुन् ।