
काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी पूर्व न्यायधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले आज त्रिचन्द्र क्याम्पस, घण्टाघरमा प्रदर्शन गरेका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकका साथै दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले रगतको मूल्य कसैले बुझेन, प्रतिवेदन भने अझै देखिएन, प्रतिवेदन लुकाउन पाइँदैन, कार्की आयोगको प्रतिवेदन हाम्रो सूचनाको हक, लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका थिए । तत्काल प्रतिवेदन सार्वजनिक नभए कडा आन्दोलन गर्ने चेतावनी आन्दोलनरत बिद्यार्थीहरुले दिएका छन् ।










Facebook Comments