काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावी परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ ।

आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

ad

फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम आयोगले चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको थियो । त्यससँगै सरकार गठनको बाटो खुलेको छ ।

प्रतिनिधिसभाका २७५ सदस्य सांसदको शपथ यही चैत १२ गतेका लागि तोकिएको छ । १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने तय भएको छ ।