
काठमाडौं । नेपाली कांग्रेसबाट नवनिर्वाचित सासद अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा चैत ११ गते बिहान ११ बजेर १५ मिनेटमा शपथ लिने भएका छन्।
७८ वर्षीय केसी कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित भई ज्येष्ठ सदस्यका रूपमा चयन भएका हुन्।
सङ्घीय संसद् सचिवालयले ज्येष्ठ सदस्यका रूपमा केसीको नाम सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा केसीलाई शपथ खुवाउने छन् ।
केसीले राष्ट्रपतिबाट ११ गते शपथ ग्रहण गरेपछि चैत १२ गते सङ्घीय संसद् भवनमा बाँकी २७४ जना प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने छन्।










Facebook Comments