
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका एक नेपालीको रिहाइका लागि अबिलम्ब कुटनीतिक र राजनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल एक्समा पोस्ट लेख्दै उपसभापति शर्माले हर्मुजमा इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झाको रिहाइ कुशलतापुर्वक चाँडै हुने र समग्र द्वन्द्वको शान्तिपूर्ण समाधान हुने कामना र अपेक्षा गरेका छन् ।
परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले स्ट्रेट अफ हर्मुजबाट सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको भनेर शुक्रबार जानकारी दिएका थिए।










Facebook Comments