
काठमाडौं । ललितपुरको हरिसिद्धिमा इँटाभट्टाको पर्खाल भत्किँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
उक्त घटनामा रूकुम घर भई ललितपुर महानगरपालिका–८ हरिसिद्धिस्थित होसना इँटाभट्टामा काम गर्ने ५५ वर्षीया तिल्सरी खड्काको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
आइतबार बिहान सवा १० बजेतिर इँटाभट्टाको पर्खाल भत्किएको हो । घटनामा घाइते सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाको ४६ वर्षीय नन्दकुमारी मगर र दाङका १९ वर्षीया सुमा कुमालको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचार जारी छ।










Facebook Comments