
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले निर्वाचनमार्फत दिएको जिम्मेवारी पूरा गर्दै देश निर्माणमा लाग्न सबै पक्षलाई आग्रह गरेका छन्।
मधेसी आयोग स्थापना दिवसका अवसरमा बोल्दै उनले नागरिक स्वतन्त्रता र अधिकारका आन्दोलनमा मधेसी समुदायको महत्वपूर्ण योगदान रहेको बताए।
उनले स्वतन्त्रता, समानता, सामाजिक न्याय र समृद्धि हासिल गर्न जनचाहनालाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। साथै, मधेसी समुदायको भूमिका र योगदानको प्रशंसा गरे।
कार्यक्रममा अन्य वक्ताहरूले पनि भाषा, संस्कृति र अधिकार संरक्षणमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याए।










Facebook Comments