
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य अर्जुननरसिंह केसीले सभापति गगन थापाको राजीनामा बेठिक भएको बताएका छन् । उनले चुनावको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु पनि गलत हुने स्पष्ट पारेका छन् ।
कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने– एउटा ठुलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बिचमा छोडेर जान मिल्दैन ।
‘एक चुनावको जीत र हारबाट नेतृत्वको परीक्षण हुनु गलत हुन्छ। ५० दिनको अवधिमा विगत वर्षौँदेखि थुप्रिएका विकृति र विसंगति तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा ५० दिनमा के गर्न सकिन्छ ? केसीले भने ।
केसीले पार्टीको संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने पनि बताए । उनले आफ्नो दाबी स्वभाविक रहेको पनि स्पष्ट पार्दै भने–‘संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ, ‘संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु ।










Facebook Comments