
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपामा सुरू भएको छ। गगन थापाले सभापति पदबाट राजीनामा दिएकोले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक बसिरहेको छ ।
बैठकमा सभापति थापा उपस्थित भएका छैनन् । सभापति थापाको कुर्सी खाली राखेर बैठक सुरू गरिएको हो। थापाले चुनावमा पराजयको जिम्मेवारी लिँदै गत बुधबार पदबाट राजीनामा दिएका थिए।
आजको केन्द्रीय समिति बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गरी २ एजेण्डामा छलफल हुने कांग्रेसले जनाएको छ ।










Facebook Comments