
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही चयन भएका छन् ।
बिहीबार बसेकाे राप्रपा संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो ।
बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
शाहीले फागुन २१ गतेको निर्वाचनमा जुम्लाबाट चुनाव जितेका थिए भने ओली समानुपातिक सांसद हुन् ।










Facebook Comments