काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ। 

६ दल राष्ट्रिय दल बनेर प्रतिनिधि सभामा पुगेका छन्। अन्य ५ दल मिले पनि वैकल्पिक सरकार बन्ने अवस्था अहिले रहेको छैन। 

ad

तर यसो भैरहँदा रास्वपाको विपक्षमा ठूलो मत छैन भन्ने होइन। ‘नागरिकले परिवर्तनका लागि मत दिएका हुन्’, स्रोतले भन्यो,‘खबरदारी गर्ने मत विपक्षमा रहेको छ।’

यसरी जनताको मतलाई विश्लेषण गर्दा समानुपातिकतर्फ आएको मतसंख्यालाई हेर्नुपर्ने हुन्छ।

रास्वपा एक्लैले समानुपातिकमा खसेको सदर मतको ५१ लाख ६५ हजार ९१९ ल्याएको छ। जुन अन्यको जोडजामभन्दा पनि चार लाख बढीले हो। तर, विपक्षका सबै मत जोड्दा विपक्ष पनि उतिसाह्रो कमजोर भने देखिएको छ।

सदनमा रहेका अन्य ५ दलको जोडजाम ४७ लाख ३७ हजार ७६ सदर मत रहेको छ। 

यसमा नेपाली कांग्रेसको १७ लाख ५६ हजार ९२४, नेकपा एमालेको १४ लाख ५३ हजार ५६४, नेकपाको ८ लाख १० हजार ४०५, श्रम संस्कृति पार्टीको ३ लाख ८५ हजार ८०४ र राप्रपाको ३ लाख ३० हजार ३७९ रहेको छ।

बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि मतका हिसाबमा उनलाई काम गर्न सहज मतादेश रहेको पाइए पनि अत्यन्तै सुविधाचाहिँ नरहेको पनि स्पष्ट छ।

‘यो मत परिवर्तनले पाएको जिम्मेवारी हो तर खबरदारी गर्ने मत अहिले पनि विपक्षसँग बलियो नै रहेको मान्नुपर्छ’, राजनीति शास्त्रका कतिपय विश्लेषक भन्छन्,‘सडकले केही समयमा मत परिवर्तन गर्न सक्ने त रास्वपाले पाएको मतले नै स्पष्ट गरिसकेको छ।’