
काठमाडौं। निर्वाचन आयोगले भोलि समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्ने भएको छ।
आयोगका अनुसार बिहीबार बिहान ११:३० बजे कान्तिपथस्थित आयोग परिसरमा कार्यक्रम आयोजना गरी प्रमाणपत्र प्रदान गरिनेछ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित भएका छन्।
प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका थिए, जसले यसअघि नै प्रमाणपत्र प्राप्त गरिसकेका छन्। निर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते गराउने तयारी गरिएको छ।










Facebook Comments