पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको छ ।  बुधवारकाे आधिकारिक तथ्याङ्कबाट सो कुराको जानकारी प्राप्त भएको हो ।

त्यहाँकाे तथ्याङ्क मन्त्रालयकाअनुसार १५ वर्ष वा सो भन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दुई लाख ३४ हजार अथवा ०.८ प्रतिशतले बढेर फेब्रुअरीमा दुई करोड ८४ लाख १३ हजार पुगेको छ ।

ad

यो गत वर्षको सेप्टेम्बर पछि सबै भन्दा तीव्र गतिमा भएको विस्तार हो भने गत वर्षको जनवरी देखि लगातार १४ औँ महिनामा हाल सम्म वृद्धि जारी रहेको जनाइएको छ ।

समग्र रोजगारी वृद्धिमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको रोजगारीको संख्या वार्षिक आधारमा फेब्रुअरीमा दुई लाख ८७ हजारले बढेको छ भने ३० र ५० वर्ष उमेर समूहको क्रमशः ८६ हजार र ६ हजारले बढेको जनाइएको छ ।

२० वर्ष उमेर समूहका मानिसहरूको रोजगारीमा एक लाख ६३ हजारको सङ्ख्यामा गिरावट आएको छ भने ४० वर्ष उमेर समूहका मानिसहरूको रोजगारी अपरिवर्तित रहेको जनाइएको छ ।