
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले बेल्जियन टी–२० क्रिकेट लिग इयुटी–२० बेल्जियम खेल्ने भएका छन् ।
बुधबार इयुटी–२० बेल्जियमको ६ मध्येको एक टिम लिइज रेड लायन्सले प्रतियोगिताको निम्ति अनुबन्धित गरेको जनाएको हो । लायन्सले उनीअघि अस्ट्रेलियाका ब्याटर क्रिस लिन र अमेरिकाका कोरे एन्डरसनलाई अनुबन्धित गरिसकेको जनाएको छ ।
'यस सिजन टिममा नयाँ स्पीनरको आगमन भएको छ । टिमको बलिङ पंक्तिलाई बलियो बनाउन सन्दीप लामिछानेलाई टिममा भित्र्याएको घोषणा गर्दछौँ,' लायन्सले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
यो प्रतियोगिताको पहिलो संस्करण हो । प्रतियोगितामा एन्टवेर्प एन्चोर्स, जेबी ब्रुगेस, लिइज रेड लायन्स, रोयास ब्रुसेल्स, घेन्ट, लेउभेन गरी ६ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
सन्दीपले हालसम्म घरेलु टी–२० क्रिकेटमा १६८ खेल खेल्दा २४३ विकेट लिएका छन् ।










Facebook Comments