काठमाडौँ। घोडेजात्राका अवसरमा टुँडिखेलमा नेपाली सेनाले प्रदर्शनी गरेको छ।

त्यस अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए। सेनाले गरेको अश्वकला प्रदर्शनको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल पत्नी सवितालाई साथमा लिएर टुँडिखेल पुगे। 

ad

सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गर्‍यो। प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरेका थिए।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।

चैत्र कृष्ण औंसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ। आज सरकारले उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ।