काठमाडौं । नेपाली कांग्रेसले यही चैत ६ गते शुक्रबार दिउँसो केन्द्रीय समिति बैठक बोलाएको छ।


दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

ad

केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूलाई पनि सहभागी हुन आह्वान गरिएको छ। बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन लगायत विषयमा छलफल हुनेछ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ सिट जितेको थियो।