
काठमाडौं । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार यी दुवै देशलाई संयमता अपनाउँदै जति सक्दो छिटो वार्ताका माध्यमबाट युद्धविराम गर्न आह्वान पनि गरेका छन् ।
अफगानिस्तान र पाकिस्तान छिमेकी भएका र एकअर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूको समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको उल्लेख गरेका छन् ।
चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेकोसमेत लिनले बताएका छन् ।
चीनले तनाव कम गर्न र अफगानिस्तान–पाकिस्तानबीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि लिनको भनाइ छ ।









Facebook Comments