
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले नगर प्रमुख वादीसहित घुस दिने कर्मचारी मोहन शाहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । शाह नगरपालिकामा असिस्टेन्ट सबइन्जिनियरको रूपमा करार सेवामा कार्यरत छन् ।
आयोगका अनुसार शाहले आर्थिक वर्ष १०८१/ ८२ मा आफ्नो करार अवधि थप गर्नका लागि नगरप्रमुख वादीलाई १ लाख रुपैयाँ घुस दिएका थिए ।
२०८२/८३ का लागि करार अवधि थप गर्न पनि नगरप्रमुख वादीले घुस मागेका थिए । घुस नदिएपछि वादीले उनको करार अवधि नथपेको उजुरी शाहले दिएका थिए । सोही उजुरीको आधारमा आयोगले वादीमाथि अनुसन्धान गरेको थियो ।










Facebook Comments