
काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ गर्न पूर्व न्यायधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
जेनजी मुभमेन्ट एलाइनस,नेपाल जेनजी फ्रन्ट,जेनजी सिभिज फोरम लगायतका युवाहरूको समूहले कार्की आयोगको पुरा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
आँखामा पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका युवाहरूले जेनजी सहीद र घाइतेहरूलाई न्याय दिनुपर्ने भन्दै प्लेकार्ड प्रदर्शन गरेको थिए । प्रदर्शनमा ‘कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ?’, ‘कलमले लेखेका सत्यलाई सत्ताको कैँचीले नकाट’, ‘एरर ४०४ : जस्टिस नट फाउन्ड रिलिज रिपोर्ट । जस्ता नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका छन्। साथै उनीहरूले वर्तमान सरकारले आफ्ना निकटलाई नियुक्ति दिने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।









Facebook Comments