
काठमाडौैं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सागर ढकालले हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका केही निर्णयले यसअघिका योगदान ओझेलमा पर्ने अवस्था आएको भन्दै उक्त निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका हुन् ।
सरकारले हिजो प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई प्रकृति संरक्षण कोषमा नियुक्त गर्नुका साथै गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति आपत्ती जनाउदै ढकालले सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले निर्णय सच्याएर उदारता देखाउनुपर्ने बताएका छन् ।
उनले लेखेका छन्–आमा, जति सुकै ठुलो महामानव भए पनि गल्ती हुन्छन्। हजुरले पनि देशलाई ठुलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ। जाँदाजाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनु हुनेछ भन्ने कामना गरेका छौँ । न कुनै विज्ञता, न अनुभव (मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिवस यत्तिको आधारमा प्रकृति संरक्षण कोष जस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ) त्यसमाथि अब हुने प्रधानमन्त्रीले देश कायापलट गर्छु, विज्ञ मान्छे राख्छु भन्दा पनि पहिलेको नजिर अनुसार गाह्रो छ । ५ वर्षभरि नै हजुरको यो अन्तिम निर्णय बालेन, रवि र हाम्रोलागि तगारो पो हुने भयो । हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ । आशा छ, हजुरले निर्णय सच्याएर उदारता देखाउनुहुनेछ ।










Facebook Comments