
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । उनले संसदीय राजनीतिबाट अवकाश लिए पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने पनि उनले बताए ।
ुयसपालिको निर्वाचनमा जिते पनि हारे पनि संसदीय राजनीतिबाट अवकाश लिन्छु भन्ने सोचेको थिएँ । यसको अर्थ पार्टीलाई अलपत्र पार्छु भन्ने होइन । आगामी निर्वाचनहरुमा पार्टीबाट तयारी गरे पनि म भने संसदीय चुनाव लड्दिनँ, प्राइम टीभीको अन्तर्वार्तामा उनले भनेका छन् ।
२०७९ को निर्वाचनमा पनि आफूमा उम्मेदवार बन्ने चाहना नरहेको उनको भनाइ छ । साथीहरुले भक्तपुरमा बसेर समानुपातिक सूची बनाइरहेका थिए । मलाई समानुपातिक वा प्रत्यक्षमा पनि उम्मेदवार नबनाउनु भनेको थिएँ, उनले भने–उहाँहरुले तपाईंले चुनाव नलडे मनोबल गिर्छ, एउटा पनि सिट जितिएन भने के गर्ने भनेर कन्भिन्स गराए । यसरी नचाहँदा नचाहँदै लडेँ ।
अहिलेको परिणामले आफू दुस्खी नभएको उनको भनाई छ । सप्तरी–२ बाट प्रतिनिधिसभा सांसदका उम्मेदवार रहेका राउत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादवसँग पराजित भए।










Facebook Comments