
काठमाडाैं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन् ।
जाँदाजाँदै उनले स्वकीय श्रेष्ठलाई कोषको अध्यक्षमा मनोनीत गरेकी हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले मनोनयन गर्ने प्रावधानबमोजिम नै मनोनयन गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ ।










Facebook Comments