
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जना समेटिएका छन्।
नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ भने समानुपातिकतर्फ ९ सिट जितेको छ। जसअनुसार ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको नेकपाका एक नेताले जानकारी दिए। नेता नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्मा समेटिएका हुन्।
एकीकृत समाजवादी छँदा हमाल वरिष्ठ नेतामध्ये थिए। गणेश विश्वकर्मा यसअघि सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षसमेत भइसकेका हुन्।
यो सँगै नेकपाको कूल सांसद संख्यामा नेपाल पक्षको हिस्सा ३ जना रहेको छ।
सहसंयोजक नेपाल पक्षका धनबहादुर बूढा डोल्पाबाट प्रत्यक्ष निर्वाचित भएका छन्। माधव आफै भने निर्वाचित हुन सकेनन्। रौतहट–१ मा उनी चौथो भएका थिए।
उनका अनुसार नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको छ।










Facebook Comments