
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ ।
आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरुलाई जानकारी दिए । सिफारिस भएकाहरुमा खस आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो झाले बताए ।
यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । राजनीतिक र कानुनी रूपमा आयोगले नामहरू प्रमाणित नगरेसम्म ती नाम हाम्रो तर्फबाट प्रस्तावित नाम मात्र हुने प्रवक्ता झाले जानकारी दिए ।










Facebook Comments