काठमाडौं । रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने महान्यायधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिट आज सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा परेको छ । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछाने सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगबाट उन्मुक्ति हुने गरी सिफारिस गरेकी थिइन् ।

ad

उनको निर्णय कार्यान्वयन हुनुअगावै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल र आभाष रेग्मी समेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।