काठमाडौं । पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको सांसदहरुको सूची तयार पार्ने र निर्वाचनको विषयमा समिक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आज सचिवालय बैठक बोलाएको छ ।

सभापति रवि लामिछाने अस्वस्थ भएपछि बैठक भर्चुअल रुपमा बस्ने भएको छ । यसअघि रास्वपा केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने तय भएको थियो।

ad

बैठकका लागि नेताहरु पार्टी मुख्यालय वनस्थली पुगेका थिए । तर, सभापति लामिछानेको स्वास्थ्यमा सुधार नआएर घरमै आराम गर्नुपरेकोले अब बैठक भर्चुअल बस्ने जनाईएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको सांसदहरुको नाम आजै बुझाउन भनेको छ । एमालेले हिजो नै १६ जना सांसदहरुको नाम तय गरिसकेको छ । नेपाली कांग्रेसले पनि आज नाम तय गरेर बुझाउने भएको छ ।