काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको  छ । 

शनिबार भएको एमालेको केन्द्रीय सचिवालय  बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ ।

ad

खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ ।

यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल  छनोट भएका छन् । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त शोक सन्तप्त परिवारजनमा समावेदना प्रकट गरेको छ ।