काठमाडौं । सर्वोच्च अदालतले विप्लव समूहका नेता कुमार पौडेलको ६ वर्ष अगाडि भएको हत्यामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजिपी सर्वेन्द्र खनालसहित १२ जनाविरूद्ध अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले अनुसन्धानका लागि कानुन बमोजिम प्रक्रिया बढाउन बिहीबार परमादेश जारी गरेको हो । 

ad

सर्लाही जिल्ला प्रहरी कार्यालयमा तत्कालीन गृहमन्त्री बादल, तत्कालीन आइजिपी खनालसहित १२ जनाविरूद्ध जाहेरी दर्ता भएको थियो।

सर्लाही लालबन्दीका कुमार पौडेलमाथि इन्काउन्टरको नाममा २०७६ साल असार ५ गते सुरक्षाकर्मीले गोली हानेर हत्या गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन आयुक्त गोविन्द पौडेलको संयोजकत्वमा बनेको छानबिन समितिले समेत सो घटनालाई हत्या भएको भनी किटान गर्दै सबैलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको थियो ।