काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् । लामिछानेलाई भाइरल ज्वरो आएको उनीनिकट स्राेतले जनाएकाे छ ।

लामिछानेलाई भाइरल ज्वरो रहेकाे उनले बताए । दौडधुप र प्रेसरको कारणले 
त्यस्ताे भएकाे अनुमान छ । यसअघि रविकाे खुट्टामा घाउ थियाे । अहिले खुट्टाको घाउ निको हुँदै गएकाे बताइएकाे छ ।

ad

लामिछाने अस्पताल भर्ना भएका छैनन् । उनी काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा आराम गरेर बसिरहेका छन् ।