
काठमाडौं । सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको थप अनुसन्धानमा सीआईबीको टोली पनि खटिएको छ । सुर्खेत प्रहरीले अनुसन्धानको लागि सिआईबीसँग सहयोग मागेको थियो ।
सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली बिहीबार सुर्खेततर्फ गएको हो । इनिसाको परिवारले घटना रहस्यमयी भन्दै शव बुझेको छैन । प्रहरीले घटनामा चार जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
प्रहरी कार्यालयमा चारै जनाविरूद्ध किटानी जाहेरी परेको छ। उक्त जाहेरी परेपछि प्रहरीले आइतबार नै जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। अधिकारकर्मीहरुले पनि इनिसाको न्यायको लागि आन्दोलन सुरु गरेका छन् ।










Facebook Comments