काठमाडाैं‌ । ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा भएको फेक रेस्क्यु प्रकरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्यानोरामा हिमालय ट्रेकिङ एण्ड एक्सपिडिसनका सञ्चालक ५० वर्षीय पासाङ शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनी सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ का हुन् ।

ad

विदेशी पर्यटकलाई स्वास्थ्य समस्या परेको देखाई हेलिकोप्टरमार्फत उद्धार गरेको भन्दै बीमा कम्पनीबाट गैरकानुनी रूपमा रकम दाबी गरिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकरणमा हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, बीमा एजेन्ट र हेलिकोप्टर कम्पनीका सञ्चालकसहित १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।