
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सरल र सुलभ ब्याजदरको अटो लोन स्कीम ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकले सवारी साधन खरिदका लागि न्यूनतम ६.०७ प्रतिशत ब्याजदरमै अटो कर्जा पाउने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले अटो कर्जा ७ वर्षसम्मका लागि पाउने छन् । ग्राहकले सवारी साधनको मूल्यको ६० प्रतिशतसम्म ऋण पाउने छन् ।
ऋण पाउनका लागि व्यक्तिगत ग्राहक २१ वर्ष माथिका नेपाली नागरिक हुनुपर्ने र कम्पनीको हकमा सम्बन्धित सरकारी निकायमा विधिवत दर्ता भएको हुनेपर्ने छ । साथै, दुवैको हकमा ऋण तिर्न पर्याप्त आम्दानी र नगद प्रवाह क्षमता हुनुपर्ने बैंकले जनाएको छ ।
यो सुविधा देशभर रहेका बैंकका सबै शाखाहरूमा उपलब्ध हुने बैंकले जनाएको छ । यद्यपि, यसमा शर्तहरू लागू हुने पनि बैंकले जनाएको छ ।








Facebook Comments