काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले चुनाव हारेपछि आफ्ना अस्पतालमार्फत दिँदै आएको निःशुल्क स्वास्थ्य सेवा बन्द गरेको दाबीसहितको सूचना गलत भएको भन्दै आफूले सञ्चालन गरेको नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमार्फत विगतदेखि नै नागरिकहरूलाई दिदै आएका छुटदेखि निःशुल्क उपचारसम्मका स्वास्थ्य सेवाहरू नियमित उपलब्ध गराउँदै आएको स्पष्ट पारेका छन् ।


शर्माले आज आफ्नो फेसबुकमार्फत आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राखेर यस्ता सेवा प्रदान हुँदै आएको छ र सम्बन्धित वडाहरू तथा जिल्लाहरूमा आधिकारिक प्रक्रिया मार्फत सेवाहरू उपलब्ध गराइँदै आएको बताएका छन् । उनले चुनाबी परिणाम र सामाजिक सेवाबिच कुनै सम्बन्ध नभएको समेत स्पष्ट पारेका छन् । “चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबिच कुनै सम्बन्ध हुँदैन,” उनले लेखेका छन् ।

ad

शर्माले नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा प्रदान गर्ने कार्य आगामी दिनहरूमा पनि देशभर निरन्तर जारी रहने जानकारी दिएका छन् ।