
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार चुनावको समीक्षा गर्दै आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको जिकीर गरेका छन् ।
अध्यक्ष घिसिङले परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना समेत दिएका छन्। उनले नयाँ सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने पनि बताएका छन् ।
काम र परिणाम दिने प्रतिबद्धतासहित आफ्नो पार्टी चुनावमा होमिएको उल्लेख गर्दै उनले विगतमा आफूले गरेका कामहरूको फेहरिस्त पनि प्रस्तुत गरेका छन्। विषम परिस्थितिका बीच चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री, सुरक्षा निकाय र मतदातालाई धन्यवाद दिँदै घिसिङले छोटो समयमै जनताले दिएको माया र सद्भाव आफ्नो लागि ठूलो ऊर्जा भएको बताएका छन्।
निर्वाचनको परिणामबाट आफू निराश नभएको पनि उनले स्पष्ट पारेका छन् ।










Facebook Comments