
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना भने भोलिसम्म सकिने छ ।
हालसम्म प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ । रास्वपा अब एक क्षेत्रमा अगाडि छ । समानुपातिकतर्फ भने रास्वपाले ३६ लाख ५० हजार २१ मत पाएको छ ।
दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले प्रत्यक्षमा १७ सिट जितेको छ भने समानुपातिकतर्फ १२ लाख ३० हजार ३६२ मत पाएको छ ।
प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले आठ क्षेत्रमा जितेको छ । समानुपातिकमा एमालेले १० लाख ४० हजार १६८ मत पाएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्ष सात सिट जित्दा समानुपातिकमा ५ लाख ३४ हजार १५६ मत पाएको छ ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन क्षेत्र जितेको छ भने समानुपातिकतर्फ दुई लाख ३९ हजार ७२ मत पाएको छ ।










Facebook Comments