
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ एमाले तीन प्रदेशमा प्रतिनिधित्व शून्य हुने देखिएको छ ।
फागुन २१ गते भएको मतदानको १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी जित निकाल्नेमा सबै प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ११२ सिटमा जित निकालेको छ ।
रास्वपाको अझै १४ सिटमा अग्रता छ । त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसले १५ सिट जित्दा २ क्षेत्रमा अग्रता छ । कांग्रेसले पनि सबै प्रदेशको प्रतिनिधित्व गरेको छ ।
नेकपा एमालेले प्रत्यक्षतर्फ सात सिट जितेको छ । जारी मतगणनामा एमालेले ३ सिटमा अग्रता बनाएको छ । नेकपाले ६ सिटमा जित हासिल गर्दा बाँकी १ सिटमा अग्रता बनाएको छ । श्रम संस्कृति र राप्रपाले १÷१ सिट जित्दा स्वतन्त्रले १ सिट जितेको छ ।
प्रत्यक्षतर्फ एमालेबाट निर्वाचित सांसद
१. मोहम्मद इश्तियाक राई, बाँके–२
२.सुहाङ नेम्वाङ, इलाम–२
३.गणेश सिंह ठगुन्ना, दार्चुला–१
४.ऐनबहादुर महर, बझाङ–१
५.राजेन्द्रकुमार राई, धनकुटा–१
६.क्षितिज थेबे, ताप्लेजुङ–१
७. लक्ष्मीप्रसाद पोखरेल, दैलेख–२










Facebook Comments