काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरिए मुलुक अर्को द्वन्द्वमा जाने चेतावनी दिएका छन् ।
गत भदौ २३ र २४ गतेको घटनाका विषयमा छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीसहितलाई कारबाही गर्न सिफारिस गरेपछि बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।
आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रतिवेदन बुझाएको छ ।
स्रोतका अनुसार प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसहितका पदाधिकारीलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको छ ।
एमाले सचिव बस्नेतले अहिलेको सरकार वा नयाँ बन्ने सरकारले प्रतिशोध साँधेर आफ्नो नेतृत्वलाई धरपकड गर्न खोजे मुलुक द्वन्द्वमा जाने बताए ।
अब बन्ने सरकारले वार्षिक आम्दानी ३ हजार डलर पुर्याउने, जीडीपी १०० खर्ब पुर्याउने भनेकाले सरकार त्यता लाग्नुपर्ने उनले बताए ।










Facebook Comments