काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन मतपरिणाम अनुसार अहिलेसम्म ११ लाख ३ हजार २७५ मत गणना भइसकेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले आधाभन्दा बढी मत ल्याएको छ। रास्वपाको जम्मा मत ५ लाख ६५ हजार ८४० छ। 

ad

समानुपातिकमा अहिलेसम्मको दोस्रो दल पनि कांग्रेस भएको छ। उसले १ लाख ९० हजार १० मत ल्याएको छ। 

समानुपातिकमा तेस्रो भएको छ एमाले। उसले १ लाख ४९ हाजार ८९४ मत ल्याएको छ। 

नेपाली कम्युनिष्ट पार्टीले भने ७५ हजार २४५ मत ल्याएको छ। 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक मत ४० हजार ९१८  छ।

हर्कसाम्पाङको श्रम संस्कृति पार्टीले अहिलेसम्म १९ हजार ८२९ मत ल्याएको छ।