
काठमाडौं । भदौ २३ र २४ भएको जेनजी आन्दोलनको प्रतिवेदन भोलि आइतबार प्रधानमन्त्रीलाई बुझाइने भएको छ।
जेनजी आन्दोलनको छानबिन गर्नका लागि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले असोज ५ गते आयोग गठन गर्ने निर्णय गरेको थियो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले आइतबार बिहान ११ बजे प्रतिवेदन बुझाउन लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।
उक्त आयोगको समयावधि पनि आइतबार नै सकिँदै छ। जेनजी प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले प्रतिवेदन चुनावअगावै सार्वजनिक गर्न माग गर्दै आएका थिए। तर आयोगले काम नसकेपछि फागुन २४ गतेसम्मका लागि म्याद दिइएको थियो।
प्रधानमन्त्री कार्कीले पनि यो आयोगको प्रतिवेदन बुझेलगत्तै कार्यान्वयनमा लग्ने बताउँदै आएका छन्।









Facebook Comments