
काठमाडौं । चितवनको कालिका नगरपालिका–९मा अटो दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन् ।
उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदे गरेको बा.प्र०६–००१ ह ०३१५ नम्बरको अटो आफैँ अनियन्त्रित भएर नालीमा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनी तामाङ, सोही ठाँउका ५५ वर्षका तिलक तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा राप्ती९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।










Facebook Comments