सिमरा । बारा क्षेत्र नं. ४ मा राष्ट्रिय परिवर्तन पार्टीबाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका पूर्वआईजिपी सर्वेन्द्र खनालले चार सय ६४ मत पाएका छन्। बाँसुरी चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका खनालले उक्त मत पाएका हुन्।

मतगणना सम्पन्न भइसकेको उक्त क्षेत्रमा रास्वपाका रहबर अंसारी निर्वाचित भएका छन्। उक्त क्षेत्रमा ८० हजार ६ सय ८७ मत खसेको थियो। खसेको मतमध्ये अन्सारी ४१ हजार दुई सय मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

ad

अन्सारीले फराकिलो मतान्तरले जित निकाल्दा पूर्वआईजिपी खनालले भने जमानत समेत जोगाउन सकेनन्। माघ ६ गते मनोनयन गरे यता खनाल चुनावी मैदानमा थिए। उनले निर्वाचन क्षेत्रको सबै स्थानमा पुगेर मतदातासँग साक्षात्कार समेत गरेका थिए।