काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस नयाँ सोच र संकल्पसहित अघि बढेको बताएका छन्।

सोमबार धरानमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी वैचारिक रूपमा रूपान्तरणको दिशामा अघि बढेको बताए।

ad

‘नेपाली कांग्रेस प्रश्नहरूको चाङ बोकेर होइन, अवसरहरू बोकेर अघि बढेको छ,’ उनले भने, ‘राष्ट्रियताको जग हल्लिएको बेला त्यस धरातलमा रोपिएको लोकतन्त्रको बिरुवा फस्टाउन सक्दैन भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट छ।’

मुलुक संकटमा पर्दा नेपाली कांग्रेसले बारम्बार चुनौती भोग्दै आएको उल्लेख गर्दै पार्टीले जिम्मेवार अभिभावकको भूमिकामा रहँदै ती चुनौतीलाई सामना गर्दै आएको बताए।