काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताले पार्टीबाट राजीनामा दिएका छन् । 

संघीय नेतृत्व मञ्च तथा संघीय निर्वाचन सम्पादन समिति सदस्य इ.डा. शंकर ढकालले पदबाट राजीनामा दिएका हुन् ।

ad

ढकालले समितिका संयोजक एवं पार्टी उपसभापति डोलप्रसाद अर्यालसमक्ष आज आइतबार राजीनामा पत्र बुझाएका हुन् ।

पार्टीको संघीय तहमा जिम्मेवारी सम्हाल्दै आएका ढकालले निर्वाचनको मुखैमा राजीनामा दिएका हुन् ।

रास्वपाभित्र पछिल्लो समय पार्टी छाड्नेहरुको लर्को नै लागेको छ ।