काठमाडौं । सरकारले मध्यपूर्व र खाडी क्षेत्रमा विकसित असहज परिस्थितिलाई मध्यनजर गर्दै ती देशहरूमा रोजगारीका लागि जाने नेपालीलाई दिइने श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको छ । कुनै पनि नेपाली वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति अनिवार्य छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार निर्णय सार्वजनिक गर्दै व्यक्तिगत र संस्थागत श्रम स्वीकृति अर्को निर्णय नहुँदासम्म रोक लगाइएको मातहतका निकायलाई जानकारी गराएको छ ।

ad

सोही निर्णयअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जान श्रम स्वीकृृति बन्द गरिएको छ । 

मन्त्रालयका अनुसार यो निर्णय फागुन १७ गतेदेखि लागू गरिएको छ ।