
काठमाडौं । पूर्वमन्त्री रन्जिता श्रेष्ठमाथि थुनामा राखी मुद्दाको पुर्पक्ष गराउन सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हाल विघटित प्रतिनिधि सभा सदस्य रन्जिता श्रेष्ठविरुद्ध ७८ लाख रुपियाँ बिगो कायम गरी दर्ता भएको भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
०८२ असोज २२ मा आरोपपत्र दायर गरिएको मुद्दामा विशेष अदालत काठमाडौंबाट निज प्रतिवादीलाई जम्मा पाँच लाख रुपैयाँ धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी ०८२ फागुन १० गते थुनछेक आदेश भएकोमा उक्त आदेश बेरीतको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवादी श्रेष्ठलाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को देहाय (ङ) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गतको दफा ७३ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १५ बमोजिम सर्वोच्च अदालतमा आइतबार निवेदनपत्र दर्ता गरिएको आयोगले जनाएको छ ।










Facebook Comments