
काठमाडौं । कतार र युएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । दुवै देशले आक्रमण भएको केही घण्टामै सुरक्षा सतर्कता अपनाउँदै उडानहरू बन्द गर्ने निर्णय गरेको हो ।
पछिल्ला घटनाक्रमका बीच सतर्कता अपनाउँदै कतारको हवाई क्षेत्रको हवाई यातायात अस्थायी रूपमा बन्द गरिएको घोषणा गरेको कतार नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यो कदम कतार सरकारद्वारा लिइएको सुरक्षा उपायहरूको शृंखलाको हिस्सा रहेको प्राधिकरणले जनाएको छ ।
सबै उडानका लागि उच्चतम स्तरको सुरक्षा र सुरक्षाको सुनिश्चितताप्रति प्राधिकरणको प्रतिबद्धतालाई पुष्टि गर्ने उद्देश्यले गरिएको बताएको छ।त्यस्तै युएईले पनि आफनो हवाई उडान बन्द गरेको जनाएको छ । एक सूचना जारी गरेर अस्थायी रुपमा उडान बन्द गरेको जनाएको छ ।









Facebook Comments