काठमाडौं । धनुषा–४ मा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार महावीर यादवलाई शनिबार एक समारोहबीच कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पार्टीमा स्वागत गरे । 

ad

उम्मेदवार महावीर यादवले आफ्नो समर्थन कांग्रेस उम्मेदवार महेन्द्रलाई रहेको बताए । उनले कांग्रेसको नीति, विचार र लोकतान्त्रिक मूल्यप्रति आफ्नो विश्वास रहेको बताए ।

सोही क्रममा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य विजय कुमार यादव लगायत कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।