काठमाडौं । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ ।

यही फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’लाई समर्थन गर्ने निर्णय गरेको हो ।

ad

समानुपातिकतर्फ भने आफ्नै चुनाव चिह्न ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

‘दुई पार्टीबीच मिलेर जाने समझदारी बन्यो पार्टीले त्यहीअनुसार निर्णय गरियो,’ खत्रीले भने ।

प्रलोपाको हालै सम्पन्न बैठकले गोरखामा क्षेत्रमा कांग्रेसलाई सहयोग निर्णय गरेकोप्रति नेपाली कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ ।

यसअघि २०७४ को चुनावमा कांग्रेस गोरखासँग चुनावी तालमेल गरी डाक्टर भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए ।

उनले यसपटक पनि उम्मेदवारी दर्ता गरेका थिए तर पछि उम्मेदवारी फिर्ता लिए ।